विधेयकका त्रुटि सच्च्याउन निगरानी समितिको आग्रह

काठमाडौँ । जवाफदेहिता निगरानी समितिले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा भएका त्रुटि सच्च्याएर पारित गर्न आग्रह गरेको छ । समितिका संयोजक राजुप्रसाद चापागाईँले आज जारी गरेको प्रेस विज्ञप्तिमा सङ्क्रमणकालीन न्याय प्रक्रियालाई टुङ्गोमा पुर्याउन तीन प्रमुख दल एक ठाउँमा उभिनु सकारात्मक भएपनि विधेयकका केही त्रुटि सच्च्याउनुपर्नेमा जोड दिएका छन्। कानुन, न्याय तथा मानवअधिकार समितिले उल्लङ्घनको परिभाषा र वर्गीकरण…