काठमाडौं । सामाजिक सञ्जालमार्फत कुनै पनि कम्पनीका सेयर मूल्य बढ्ने वा घट्ने भन्दै खरिद वा बिक्री गर्न वा नगर्न उत्साहित गराउनेलाई कारबाही गरिने धितोपत्र बोर्डले स्पष्ट पारेको छ । एक सार्वजनिक सूचना जारी गर्दै बोर्डले सञ्चारमाध्यम, फेसबुक, युट्युब, क्लबहाउसजस्ता सञ्जालमार्फत अनाधिकृत तवरले अन्तर्वार्ता तथा अभिव्यक्ति दिई बजारलाई प्रभावित पार्न खोजिएको सम्बन्धमा उजुरीहरु प्राप्त भएको जनाएको…