काठमाण्डौ – ‘बेइजिङ प्लस ३०’ को विश्वव्यापी समीक्षा भइरहेको बेला नेपालका तर्फबाट समीक्षा प्रतिवेदन तयार गर्ने उद्देश्यले आज ललितपुरमा राष्ट्रिय सम्मेलन हुँदैछ । महिलाको नेतृत्वमा सञ्चालित गैरसरकारी संस्थाको राष्ट्रिय महिला सञ्जाल संस्था बियोन्ड बेइजिङ कमिटी (बिबिसी) नेपालले सम्मेलन गर्न लागेको हो । सन् १९९५ मा चीनको राजधानी बेइजिङमा भएको संयुक्त राष्ट्रसङ्घीय चौथो विश्व महिला सम्मेलनले…