काठमाडौं । गृह मन्त्रालयले सबै सार्वजनिक यातायातमा सीसीटीभी जडान गर्न यातायात व्यवसायी राष्ट्रिय महासंघलाई निर्देशन दिएको छ । मन्त्रालयले बुधबार सार्वजनिक यातायात सुरक्षित र भरपर्दो बनाउन महासंघलाई ११ बुँदे निर्देशन दिँदै सिमलताल घटना अध्ययन प्रतिवेदनको सुझाव कार्यान्वयन गर्न पत्राचार गरेको हो । मन्त्रालयले सीसीटीभीसँगै ट्रान्सपोन्डरको व्यवस्था गर्न निर्देशन दिनुका साथै सबै सवारी साधनमा जीपीएस ट्रयाकिङ…