काठमाडौँ-सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार पार्न गठित चार सदस्यीय कार्यदलले मस्यौदा निर्माणको कामलाई अन्तिम चरणमा पुर्याएको छ । प्रमुख सत्ता साझेदार दल नेपाली काँग्रेस र नेकपा एमालेका दुई/दुई जना नेता सम्मिलित कार्यदलले तीन-चार दिनयता गृहकार्य गरेर कार्यक्रमको मस्यौदा तयार पारिरहेका छन् ।एक कार्यदल सदस्यका अनुसार बुधबार बेलुकासम्म मस्यौदालाई अन्तिम रूप दिने तयारी भएको छ…