काठमाडौं । रक्षामन्त्री मानवीर राईले जङ्गी अड्डाको निरीक्षण भ्रमण गरेका छन् । रक्षामन्त्रीमा नियुक्त भएपश्चात् उनले पहिलो पटक जङ्गी अड्डा पुगेर नेपाली सेनाको बारेमा जानकारी लिएका हुन् । रक्षामन्त्री राईको सम्मानमा जङ्गी अड्डामा आयोजित कार्यक्रममा नेपाली सेनाको सङ्गठनात्मक स्वरूप, तैनाथी, स्वदेश र अन्तर्राष्ट्रिय क्षेत्रमा सञ्चालन गरिरहेका विविध गतिविधिका बारे जानकारी गराइएको थियो । कायममुकायम प्रधान…