दुर्गा प्रसाईँ र तीन जिल्लाका सिडिओ तथा प्रहरी प्रमुखबीच छलफल

काठमाडौँ। विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग काठमाडौँ उपत्यकाका तीनै जिल्ला (काठमाडौँ, ललितपुर, भक्तपुर)का प्रमुख जिल्ला अधिकारीहरू र प्रहरी प्रमुखहरूले छलफल गरेका छन् । छठपछि प्रसाईँले आन्दोलन गर्ने बताएपछि प्रमुख जिल्ला अधिकारीहरूले छलफल गरेका हुन् । जिल्ला प्रशासन कार्यालय काठमाडौँमा आज आइतबार प्रसाईँलाई बोलाएर छलफल गरिएको बताइएको छ । छलफलमा तीनै जिल्लाका सिडिओहरू र तीनै जिल्लाका…