काठमाडौं । रौतहटको मौलापुरमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को पुत्ला दहन गरिएको छ । मौलापुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतविहीन बनाएर नगरपालिकाको बजेट फ्रिज गराउने काम गरेको भन्दै स्थानीय बासिन्दाले आज प्रधानमन्त्री शाहको पुत्ला दहन गरेका हुन् । बालेनको पुत्ला दहन गर्दै आन्दोलनकारीले ‘मौलापुरको बजेट फ्रिज गराउने बालेन सरकार मुर्दाबाद, मौलापुरलाई हाकिमविहीन बनाउने मन्त्री प्रतिभा रावल मुर्दावाद,…