काठमाडौं । विशेष अदालत काठमाडौँले गोरखाको नेपाने माविका प्रधानाध्यापक शिवकुमार साहलाई १३ लाख २२ हजार रुपैयाँ बिगो र उत्तिनै जरिवानासहित तीन वर्ष कैद सजाय ठहर गरेको छ। विशेष अदालतका अध्यक्ष एवं न्यायाधीश टेकनारायण कुँवर, न्यायाधीशहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले साहलाई सजाय निर्धारण गरेको हो। अदालतले साहविरुद्ध पुस २४ मा भ्रष्टाचार मुद्दामा कसुर ठहर…