मेडिकल कलेजबाट निलम्बित चिकित्सक डा दाहालको कारबाही फुकुवा गर्न निर्देशन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले काठमाडौं मेडिकल कलेजबाट निलम्बित आवासीय चिकित्सक डा विशद दाहालको कारबाही यथाशीघ्र फुकुवा गर्न काठमाडौं विश्वविद्यालयलाई निर्देशन दिएका छन्। काठमाडौं विश्वविद्यालयको सहकुलपतिका हैसियतले मन्त्री राईले त्यस्तो निर्देशन दिएका हुन्। मन्त्री राईको उक्त निर्देशनबारे मन्त्रालयका सचिव सुरेश अधिकारीले प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिलाई आज जानकारी गराउँदै…