दुर्गा प्रसाईंका स्वकीय सचिव पक्राउ

काठमाडौं । प्रहरीमाथि ढुंगामुढा गरेको आरोपमा प्रहरीले दुर्गा प्रसाईंका १५ जना समर्थकलाई पक्राउ गरेको छ । सोमबार काठमाडौंको गौशालामा भएको प्रदर्शनमा प्रहरीमाथि ढुंगामुढा भएको थियो । पक्राउ पर्नेमा आफूलाई धार्मिक गुरु बताउने श्रीनिवास आचार्य सहित मेडिकल व्यवसायी प्रसाईंका स्वकीय सचिव विना योञ्जन थापा समेत छन् । प्रसाईंको आह्वानमा केही दिनदेखि काठमाडौंमा प्रदर्शन हुँदै आएको छ…