सरकारले अपर अरुण जलविद्युतका लागि विश्वबैंकवाट ६ मिलियन ऋण सहायता लिने

काठमाडौं । सरकारले अपर अरुण जलविद्युत परियोजनाको पूर्वतयारीको लागि विश्वबैंकवाट प्राप्त हुने सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विश्वबैंकवाट प्राप्त हुने ६ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको हो । यस्तै सरकारले नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० स्वीकृत गर्नेसहित विभिन्न २३ वटा निर्णय गरेको…