काभ्रे । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका– ५ नागवेलीस्थित बहुमूल्य बोधिचित्त (बुद्धचित्त)को रुख काटेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्थानीय प्रभात तामाङ, श्यामकृष्ण मैनाली, मानबहादुर तामाङ र दुर्गालाल तामाङ रहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए। उक्त समूहले गत बिहीबार राति विस्फोटक पदार्थसहित नागवेलीस्थित ठाकुरानी तामाङको बगैँचामा…