काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिकतर्फको बन्द सूचीमा दलिततर्फका उम्मेदवार डा. राजमी रामले आफ्नो नाम स्वेच्छिक रूपमा फिर्ता लिएको घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले बन्द सूचीमा नाम समावेश हुनु आफ्ना लागि व्यक्तिगत सम्मान मात्र नभई पुस्तौँदेखि आवाजविहीन बनाइएका हजारौँ सपनाको प्रतिनिधित्व भएको बताएका छन् । ‘यो केवल मेरो नाम मात्र थिएन,…