काठमाडौँ । नेपाल प्रहरीको सरुवा, बढुवा र पदस्थापनमा कार्यक्षमता, अनुभव र सेवा विशिष्टीकरण अनुकुलको मापदण्ड लागू भएको छ । ‘प्रहरी कर्मचारीको सरुवासम्बन्धी मापदण्ड-२०७९’ अनुसार ठुलो संख्याका प्रहरी निरीक्षकहरूको सरुवा भएसँगै सो मापदण्ड कार्यान्वयनमा आएको गृह मन्त्रालयले जनाएको छ । तालिमपश्चात् पासआउट भएका नयाँ तथा पुराना गरी ९५८ जना प्रहरी निरीक्षकको कार्यालय प्रमुख एवं सहायक दरबन्दीतर्फ…