सामाजिक सद्भाव सुदृढ गर्न गृहद्वारा ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई १० बुँदे सर्कुलर

काठमाडौँ । गृह मन्त्रालयले तराई तथा मधेशका केही जिल्लामा पछिल्लो समय धार्मिक तथा सामाजिक सद्भाव खलबलिने किसिमका घटनाहरू देखिन थालेपछि त्यसको प्रभावकारी नियन्त्रण र सहिष्णुता कायम गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई १० बुँदे निर्देशनात्मक सर्कुलर जारी गरेको छ। गृह मन्त्रालयले जिल्ला तहमा धार्मिक सहिष्णुता प्रवर्द्धनका लागि भएका पहल, समन्वय र प्रगतिलाई समेटी मन्त्रालयमा पठाउन…