सिंहदरवारसहित संवेदनशील क्षेत्रमा खटिएका नेपाली सेनाका कमाण्डरमाथि छानविन

काठमाडौँ । सार्वजनिक सम्पत्ति र भवनहरू जोगाउन नसकेको आरोप लागेपछि नेपाली सेनाका केही कमाण्डरमाथि छानबिन सुरु गरिएको छ। जेन जेड आन्दोलनका क्रममा २४ गते सिंहदरवारलगायतका संवेदनशील क्षेत्रहरूमा खटिएका ती कमाण्डरहरूलाई सैनिक मुख्यालयले फिर्ता बोलाएको हो। सैनिक स्रोतका अनुसार घटनाको विवरण बुझ्नका लागि सिंहदरवार र अन्य महत्वपूर्ण स्थलमा जिम्मेवारी पाएका दुई-तीन जना कमाण्डरलाई हेडक्वार्टर्समा झिकाइएको हो।…