काठमाडौँ । ऊर्जा मन्त्री कुलमान घिसिङले फागुन २१ गतेको निर्वाचनबाट नयाँ शक्तिहरूको उदयको प्रस्थान बिन्दु हुनुपर्ने बताएका छन्। उज्यालो नेपाल पार्टीको औपचारिक उद्घाटन समारोहमा बोल्दै नयाँ शक्तिहरू एक भएर अघि बढ्नुपर्ने बताए। उनले भने, ‘सबैले नयाँ शक्तिहरू एकताबद्ध हुनुपर्छ भन्नुभएको छ। नयाँ शक्ति र नेतृत्वको टिम अगाडि बढ्नुपर्छ। नेपालको समृद्धि र सुशासनको लागि युवा अगाडि…