काठमाडौं । सरकारले सुकुम्बासी बस्तीमा प्रहरी लगाएर जबरजस्ती बल प्रयोग गर्ने योजना नभएको जनाएको छ । शुक्रबार (वैशाख ११) मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले सो कुरा बताएका हुन् । सुकुम्बासी बस्तीहरू बर्सेनि बाढीको प्रकोपमा पर्ने र यसपालि पनि बर्खा नजिकिँदै गरेका कारण उनीहरूको सुरक्षाका लागि…