स्थानीय पाठ्यक्रममा क्रिकेटर सन्दीपको जीवनी

स्याङ्जा - विश्व क्रिकेटमा चम्किनु भएका सन्दीप लामिछानेको जन्मभूमिमा पाठ्यक्रममा जीवनी समेटिएको छ । लामिछानेको सम्झनामा क्रिकेट मैदान नै बनाएको यहाँको अर्जुन चौपारी गाउँपालिकाले हाम्रो अर्जुनचौपारीको पाठ्यक्रममा जीवनी समेटेको हो । कक्षा–४ को पहिलो पाठ सन्दीप लामिछानेमा पालिका अध्यक्ष प्रकाश तिवारीले लामिछानेको बारेमा लेखेका हुन् । अर्जुनचौपारी गाउँपालिका वडा नं–५, आरुचौरको तालपोखरीमा विसं २०५७ साउन…