काठमाडौँ। हमासद्वारा बन्धक बनाइएका कञ्चनपुरका विपिन जोशीको खोजीमा आमा पद्मा र बहिनी पुष्पा जोशी आज इजरायल जाँदैछन् । फ्लाइ दुबईमार्फत उनीहरू बिहान ९ बजे त्यसतर्फ प्रस्थान गर्ने भएका हुन् । विपिनको रिहाइका लागि इजरायलमा अन्तर्राष्ट्रिय दबाब बढाउन विपिनकी आमा पद्मा र बहिनी पुष्पा त्यहाँ जान लागेका हुन् । इजरायल सरकारले विपिनको रिहाइका लागि अभियानलाई सशक्त…