पोखरा। मन्त्री पद नपाएपछि गण्डकी प्रदेशसभा सदस्य द्रोर्णकुमार कुँवरले पदबाट राजीनामा दिएका छन्। नेपाली कांग्रेसका तर्फबाट बागलुङ क्षेत्र नं २ (२) बाट निर्वाचित कुँवरले बुधबार प्रदेशसभा सभामुखलाई सम्बोधन गर्दै राजीनामा बुझाएका हुन्। राजीनामा माघ २ गतेदेखि लागू हुने उल्लेख गर्दै उनले मतदाता तथा समर्थकप्रति आभार व्यक्त गरेका छन्। “जनताको विश्वासअनुसार काम गर्न नसकेकोमा क्षमा चाहन्छु,”…