काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले प्रहरी र समुदायबीचको सम्बन्धलाई सुदृढ बनाउन आइतवारदेखि ‘हाम्रो प्रहरी’ अभियान सुरु गरेको छ । वसन्तपुर दरबार क्षेत्रमा आयोजित एक समारोहबीच उक्त अभियानको शुभारम्भ गरिएको हो । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले विशेष समारोहबीच अभियानको उद्घाटन गरेका थिए । महानिरीक्षक कार्कीले नेपाल प्रहरीप्रति नागरिकको विश्वास बढाउनु नै अभियानको मुख्य उद्देश्य…