काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज आगामी आर्थिक वर्षको बजेट तयारीबारे मन्त्री र सचिवहरूसँग छलफल गर्ने भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा आज दिउँसो साढे ३ बजे छलफल हुने प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीले विभिन्न योजना तथा कार्यक्रमका प्रगतिबारे जानकारी लिँदै आगामी नीति तथा कार्यक्रम र बजेटबारे छलफल गर्न लागेका…