काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विश्व व्यापार संगठन (डब्ल्यूटीओ) को सहकार्यमा सेवा व्यापार र विद्युतीय व्यापार (इ–कमर्स) सम्बन्धी तीन दिने आवासीय कार्यशाला सफलतापूर्वक सम्पन्न गरेको छ। कार्यशालामा डब्ल्यूटीओ सचिवालयका विज्ञ स्रोत व्यक्तिहरू, सम्बन्धित मन्त्रालय, विभाग र सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। नेपालको अर्थतन्त्रमा ६० प्रतिशतभन्दा बढी योगदान पुर्याउने सेवा क्षेत्रको विकास र…