म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-७ शिवाङको हम नमूना आवासीय माविका विद्यार्थीहरूले बाँझिएको पाखोबारीमा झाडी फाडेर तरकारी खेती गरी हराभरा बनाएका छन् । झिनडाँडास्थित छात्रावास भवन परिसरको विद्यालय र व्यक्तिको छ रोपनी पाखोबारीको झाडी फाडेर खनजोत गरी विद्यार्थीले तरकारी खेती गरेका हुन् । तरकारी खेती हुनुअघि उक्त जग्गामा वनमाराको झाडी थियो । विद्यालयका शिक्षक गिरिप्रसाद छन्त्यालले…