दुर्गा प्रसाईसहित सात जनालाई डिल्लीबजार कारागार लगियो

काठमाडौँ । काठमाडौंको तीनकुनेमा हिंसात्मक गतिविधिमा संलग्न दुर्गा प्रसाईंसहित सात जनालाई डिल्लीबजार कारागार लगिएको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले ज्यान मुद्दामा अभियोजन गरिएका सात जनालाई गए राति थुनामा पठाउन आदेश गरेका थिए। पुर्पक्षको लागि थुनामा पठाउन आदेश भएका प्रसाईंसहित सात जनालाई डिल्लीबजार कारागार चलान गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले…