काठमाडौँ- नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सिंहदवारमा मात्र कर्मचारी थुपारेर देशको विकास नहुने बताएका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उनले केन्द्रमा मात्रै कर्मचारी बसालेर स्थानीय तहहरूमा विकास नहुने बताएका हुन् । उनले भने, ‘देशका एक तिहाइ भन्दा धेरै स्थानीय तहहरूमा कर्मचारी अभाव छ । तर सरकारले सिंहदरवारका बारदलीमा कर्मचारी थुपारेको छ ।’…