काठमाडौँको विष्णुमती नदी आसपासमा सतर्कता अपनाउन आग्रह

काठमाडौँ। जल तथा मौसम विज्ञान विभागले काठमाडौँको विष्णुमती नदी किनार आसपासका बासिन्दामा सतर्कता अपनाउन आग्रह गरेको छ। विभागले शुक्रबार साँझ सूचना प्रकाशन गर्दै विष्णुमती नदी गोंगबु जलमापन केन्द्रमा जल सतह सतर्कता तह आसपास र बढ्दो क्रममा रहेकोले नदी तटीय क्षेत्र आसपास बसोबास गर्ने र विष्णुमती नदी किनार भई यात्रा गर्नेहरूले सतर्कता अपनाउन आग्रह गरेको हो।…