रविको पक्षमा हस्ताक्षर गरेका थिए प्रहरीका सईले, हेडक्वार्टरमा तानिए

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेको भन्दै एक ट्राफिक सईलाई प्रहरी प्रधान कार्यालयले काठमाडौं झिकाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँके दरबन्दी भएका सई कमल खड्का प्रधान कार्यालय तानिएका हुन् । उनले रास्वपाद्वारा सञ्चालित ‘प्रतिशोधविरुद्धको हस्ताक्षर संकलन’ कार्यक्रमअन्तर्गत नेपालगञ्जमा हस्ताक्षर गरेका थिए । बर्दी लगाएर ड्युटी खटिएको अवस्थामा उनले हस्ताक्षर…