काठमाडौं - धुलिखेल नगरपालिका–९ काभ्रेभञ्ज्याङस्थित फर्निचर उद्योगमा भएको आगलागीमा एक महिलाको मृत्यु भएको छ। श्यामसुन्दर फर्निचर एण्ड काष्ठ उद्योगमा बिद्युत सर्ट भई आगलागी हुँदा काठमाडौं शंखरापुर नगरपालिका–१ नाङलेभारेकी ७० वर्षीया टीकादेवी दङ्गालको जलेर मृत्यु भएको हो । उनका श्रीमान ७३ वर्षीय तोयानाथ दङ्गाल घाइते भएको जिल्ला प्रहरी कार्यालय, काभ्रेले जनाएको छ । तोयानाथ फर्निचरका कामदार…