बी.पी. कोइराला क्यान्सर अस्पतालका वरिष्ठ सहायकविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चितवनको बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत तत्कालीन प्रशासनतर्फ वरिष्ठ सहायक कमला अधिकारीविरुद्ध आरोप-पत्र दायर गरेको छ । आयोगले शुक्रबार शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गरी जागिर खाएको आरोपमा अधिकारीविरुद्ध विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । आयोगका अनुसार अधिकारीको शैक्षिक योग्यताको…