काठमाडौं- निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले पछिल्लो तीन महिनाको अवधिमै करिब दुई लाख ५४ हजार सक्रिय मोबाइल प्रयोगकर्ता गुमाएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो टेलिकम्युनिकेसन इन्डिकेटर्समा यस्तो अवस्था देखिएको हो । गएको असोज देखि नियामकले प्रतिवेदनमा दुवै टेलिकम कम्पनी एनसेल र नेपाल टेलिकमका सक्रिय मोबाइल प्रयोगकर्ताको तथ्याङ्क समेट्न थालेको छ ।…