काठमाडौँ । संसदीय समितिले शनिबार आगलागी भएको खानेपानी मन्त्रालयको अनुगमन गरेको छ । आइतबार प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले आगलागी भएको खानेपानी मन्त्रालयको मन्त्री प्रदीप यादवको कार्यकक्षको अनुगमन गरेको हो । अनुगमन, निरीक्षणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै समिति सभापति दीपकबहादुर सिंहले आगलागीको बारेमा निरीक्षण गर्न समितिका सबै सदस्यहरू आएको र आगलागीले धनको क्षति भएको बताएका…