धनगढी–दीपायल द्रुतमार्गको २५ किलोमिटर कालोपत्र गर्न ठेक्का हुँदै

धनगढी : धनगढी–दीपायल द्रुतमार्गको २५ किलोमिटर कालोपत्र गर्न ठेक्का सम्झौता गरिने भएको छ। कैलालीको हाटखोलीदेखि शिवनगरसम्म सडक कालोपत्रका लागि सङ्घीय सरकारले एक अर्ब बजेट स्वीकृत गरेको हो। धनगढी–खुटिया–दिपायल–चैनपुर–उरैभन्ज्याङ्ग सडक योजना कार्यालयले २५ किलोमिटर कालोपत्रका लागि एक अर्ब २० करोड बजेट माग गरेको थियो। तर, अर्थ मन्त्रालयले एक अर्बको स्वीकृती दिएको योजना कार्यालयले जनाएको छ। धनगढीदेखि हाटखोलीसम्म…