त्रिविविसम्बन्धी नयाँ ऐन ल्याउनुपर्नेमा जोड

काठमाडौँ । राष्ट्रिय सभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सदस्यहरूले त्रिभुवन विश्वविद्यालयसम्बन्धी नयाँ ऐन तर्जुमा गर्नुपर्नेमा जोड दिएका छन् । ‘त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ सँग सम्बन्धित प्रत्यायोजित विधायन सम्बन्धमा’ समितिमा बिहीबार भएको छलफलमा उनीहरूले विश्वविद्यालयको व्यवस्थापकीय पक्षलाई सबल बनाउन नयाँ ऐन आवश्यक भएको बताए । सांसद नरबहादुर बिष्ट र सांसद रुक्मिणी कोइराला लगायत सांसदले…