काठमाडौँ- नेकपा माओवादीको केन्द्र धरानको अध्यक्षमा उद्धव लिम्बु निर्वाचित भएका छन् । सहमतिमा अध्यक्ष छान्न तीन दिनसम्म रस्सा कस्सी चलेपछि माओवादी धरान उपमहानगर अधिवेशनले नगर लिम्बुलाई अध्यक्षमा निर्वाचित गरेको हो । शनिवार सुरु भएको अधिवेशन अध्यक्ष छान्न सकस भएपछि सोमबारसम्म लम्बिएको थियो । अधिवेशनले ६८ सदस्यीय नगर कार्यसमिति सर्वसम्मत चयन गरे पनि अध्यक्ष पदमा सहमति जुटेको…