काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अधिवेशनमार्फत १७ जिल्लामा नयाँ कार्यसमिति चयन गरेको छ । बागमती प्रदेशका नौ र कोशी प्रदेशका आठ जिल्लामा पहिलो अधिवेशन सम्पन्न भई नयाँ कार्यसमिति चयन भएका छन् । केन्द्रीय निर्वाचन आयोगकाअनुसार काठमाडौं जिल्ला सभापतिमा राजा शाक्य, भक्तपुरमा रामेश्वर बस्नेत, काभ्रेपलाञ्चोकमा प्रविन ढकाल, सिन्धुलीमा अविनाश बस्नेत, रामेछापमा रमेश रायमाझी, दोलखामा दिनेश…