संसद् पुनर्स्थापनाका लागि काँग्रेस पनि सर्वोच्च पुग्यो

काठमाडौँ । प्रतिनिधि सभा पुनर्स्थापनाका लागि नेपाली काँग्रेसले पनि सर्वोच्च अदालतमा रिट दायर गर्ने भएको छ। काँग्रेसकी पूर्वसचेतक सुशीला थिङले आफूहरूको तर्फबाट अधिवक्ताहरूले रिट निवेदन सर्वोच्चमा बुझाउने बताइन्। ‘हामीले वारेसमा वकिललाई जिम्मा दिएका छौँ,’ उनले भनिन्,‘आज उहाँहरूले सर्वोच्चमा रिट निवेदन बुझाउनुभयो। दर्ता भोलि हुन्छ।’ काँग्रेसका पूर्वप्रमुख सचेतक श्याम घिमिरे र सचेतक थिङसहित पूर्वसांसदहरू निवेदक रहेको…