काठमाडौं । एसियन गेम्स छनोटमा नेपालले मलेसियालाई २७६ रनको लक्ष्य दिएको छ । सिङ्गापुरस्थित राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा पहिले ब्याटिङ गरेको नेपालले पूरै २० ओभर खेलेर ७ विकेटको क्षतिमा २७५ रन बनाएको हो । नेपालका लागि कुशल भूर्तेलले शतकीय र आसिफ शेखले अर्धशतकीय पारी खेले । कुशलले ५४ बलमा १४ चौका र ८ छक्का…