न्यायाधीशलाई महाअभियोगको धम्की दिइयो भन्ने ३ संस्थालाई स्पष्टीकरण सोध्न निर्देशन

काठमाडौं । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले सर्वोच्च अदालतका तीन वरिष्ठ न्यायाधीशलाई राजीनामा दिन दबाब र महाअभियोगको धम्की दिइएको भन्दै संयुक्त वक्तव्य जारी गर्ने तीन अन्तर्राष्ट्रिय मानवअधिकार संस्थालाई स्पष्टीकरण सोध्न निर्देशन दिएको छ । बुधबार बसेको समितिको बैठकले एम्नेस्टी इन्टरनेसनल नेपाल, ह्युमन राइट्स वाच र इन्टरनेसनल कमिसन अफ जुरिस्ट (आईसीजे) लाई समाज कल्याण परिषदमार्फत…