प्रतिनिधिसभामा चर्कियो बहस: तीन संवेदनशील मुद्दामा सरकार घेराबन्दीमा

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा मंगलबार प्रधानमन्त्रीको विवादित अभिव्यक्ति, नवलपरासीको सुस्ता क्षेत्रमा भएको भनिएको सीमा अतिक्रमणको विषय तथा सुनसरीमा भएको पछिल्लो घटनालाई लिएर सत्ता पक्ष र प्रतिपक्षबीच तीव्र बहस भएको छ। बैठकको सुरुवातदेखि नै प्रतिपक्षी सांसदहरूले प्रधानमन्त्रीको सार्वजनिक अभिव्यक्तिमाथि आपत्ति जनाउँदै त्यसबारे सदनमा स्पष्ट जवाफ दिनुपर्ने माग गरेका थिए। उनीहरूले प्रधानमन्त्रीको भनाइले राजनीतिक विवाद सिर्जना गरेको र…