सीमाबारे दिएको अभिव्यक्तिमा प्रधानमन्त्रीबाटै जवाफ आउँछ – महामन्त्री बुर्लाकोटी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कविन्द्र बुर्लाकोटीले सीमाका विषयमा दिएको अभिव्यक्तिबारे प्रधानमन्त्रीबाटै यसको जवाफ आउने बताएका छन् । मंगलबार संसद् भवन सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै महामन्त्री बुर्लाकोटीले विपक्षी दलहरुले राखेका बिषयमा प्रधानमन्त्री बालेन्द्र शाहले यथोचित समयमा यसको जवाफ दिने बताएका हुन् । विपक्षी दलसंगको छलफलमा पनि आफूले यसबारे जानकारी गराएको तर सदनको…