हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गर्न अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध स्थापना

काठमाडौँ । स्याङ्जामा रहेको अर्जुनचौपारी गाउँपालिका र दार्चुलामा रहेको अपिहिमाल गाउँपालिकाबीच भगिनी सम्बन्ध स्थापना तथा आपसी सहकार्यसम्बन्धी सम्झौता भएको छ । आज राजधानीमा आयोजित एक कार्यक्रममा अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारी र अपिहिमाल गाउँपालिकाका अध्यक्ष भक्तसिंह ठेकरे बोहराले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार अर्जुनचौपारी गाउँपालिकामा एक हजार ९०० मिटर (हाइअल्टिच्यूड) को उचाइमा क्रिकेट…