गत असोजको विनाशकारी बाढीले बीपी राजमार्गको ९ किलोमिटर खण्ड बगाएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी बर्खायाममा सडकलाई आंशिक रूपमा सञ्चालन गर्न अस्थायी संरचना निर्माणलाई तीव्रता दिएको छ। सडक विभागले खोलाको सतहभन्दा २-५ मिटर उचाइमा बाटो बनाएर जेठ १५ सम्म काम सम्पन्न गर्ने लक्ष्य राखेको छ। मन्त्रालयका सह-सचिव भीमार्जुन अधिकारीका अनुसार, बर्खामा उच्च बाढी आएमा…