काँग्रेस महाधिबेशनको छुट्टाछुटै मितिका २ प्रस्ताव आज केन्द्रिय समिति बैठकमा पेश हुने

काठमाडौ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आजबाट पुनः सुरु हुने भएको छ। सोमबार बसेको कार्यसम्पादन समितिको बैठकले आजबाट केन्द्रीय समितिको बैठक पुनः सुरु गर्ने निर्णय गरेको हो। बैठक दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बैठकमा संस्थापन र इतर दुवै पक्षले धारणाका रूपमा महाधिवेशनको कार्यतालिका प्रस्ताव गर्ने नेताहरूले बताएका…