महाधिवेशनको कार्यतालिकाबारे कांग्रेस बैठकमा जुटेन सहमति

आसन्न महाधिवेशनको कार्यतालिकाबारे सहमति जुटाउन बसेको नेपाली कांग्रेस पदाधिकारी बैठक निष्कर्षविहीन भएको छ। शनिबार पार्टी मुख्यालय सानेपामा बसेको बैठकमा निर्वाचन अघि वा पछि महाधिवेशन गर्ने भन्ने विषयमा एकमत बन्न नसकेपछि बैठक बिना नतिजा सकिएको हो। बैठकपछि पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले नेताहरूबीच मतभेद क्रमशः घट्दै गएको र सहमतिको नजिक पुगेको जानकारी दिए। ‘पदाधिकारी बैठकमा केन्द्रीय…