अलैँचीको मूल्य प्रतिमन एक लाख नाघ्यो

ताप्लेजुङ । पूर्वी पहाडी भेगको प्रमुख नगदे बाली अलैँचीको मूल्यमा पछिल्लो समय वृद्धि भएको छ । ताप्लेजुङमा अलैँचीको मूल्य प्रतिमन (४० किलो) रु. एक लाख नाघेको छ । गुणस्तरीय अलैँची प्रतिमन आज रु. एक लाख दुई हजारमा कारोबार भएको अलैँची व्यवसायी संघका जिल्ला अध्यक्ष भद्रवीर रेग्मीले जानकारी दिए । शनिबार प्रतिमन रु. ९६ हजार रहेको…