प्रसूतिगृहको हरिविजोग : कहिले टर्च बालेर सुत्केरी गराउनुपर्छ, कहिले सर्प धपाउन लठ्ठी लिएर बस्नुपर्छ

सिरहा । सिरहाको गोलबजार नगरपालिका– ६ स्थित प्रसूतिगृह (बर्थिङ सेन्टर) को भौतिक संरचना जीर्ण भएको छ । जस्ताले छाएको सो प्रसूति गृहमा वर्षामा दबदबे हिलोमा उभिएर र हिउँदमा धुलैधुलोमाथि प्रसूति गराइने गरिइएको छ । प्रसूति गृहको जस्तापाता खियाले खाएर ठाउँठाउँमा प्वाल परेको छ भने टहराको वरिपरि वनमाराको घारी छ । प्रसूतिगृहमा कार्यरत सिनियर अनमी मिश्रीकुमारी…