राष्ट्रपतिले सम्झाए ‘चुनाव सार्ने प्रस्ताव’ गरेका कांग्रेस महामन्त्रीद्वयलाई

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति सार्न कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रस्ताव गरेका छन्। आइतबार साँझ करिव पाँच बजे राष्ट्रपतिको सरकारी निवास शितलनिवास पुगेका कांग्रेस महामन्त्रीद्वय थापा र शर्माको यस्तो प्रस्ताव सुनेर पहिला त राष्ट्रपति पौडेल नै छक्क परेका थिए। महामन्त्रीद्वयले नेपाली कांग्रेसको महाधिवेशन…